March 9th, 2017

चैत्र ५ गतेसम्म कायम सेयरधनीले मात्रै प्रभु इन्स्योरेन्सको हकप्रद भर्न पाउने

चैत्र ५ गतेसम्म कायम सेयरधनीले मात्रै प्रभु इन्स्योरेन्स लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयर भर्न पाउने भएका छन् । कम्पनीको ३४६औँ सञ्चालक समितिको बैठकले हकप्रद प्रयोजनका लागि चैत्र ६ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । 

प्रभुले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । हकप्रद निष्काशनका लागि कम्पनीले गत फागुन १२ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]