March 9th, 2017

गुहेश्वरी फाइनान्सको आठौँ शाखा बाराको जीतपूरमा

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले आफ्नो आठौँ शाखा बारा जिल्लाको जीतपूरमा स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन जीतपूर उद्योग वाणिज्य महासंघका अध्यक्ष घनश्याम गिरी र गुहेश्वरी फाइनान्सका अध्यक्ष श्रीमान श्रेष्ठले विहीबार संयुक्त रुपमा गरे । 

ललितपूरको हरिहरभवनमा प्रधान कार्यालय रहेको फाइनान्सले एटीएम, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ, रेमिट्यान्स, डीपी, आस्वा लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

    
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]