March 7th, 2017

ओम डेभलपमेन्ट बैंकको शाखा काठमाडौँको कलंकीमा

ओम डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौँको कलंकीमा शाखा विस्तार गरेको छ । ०७३ फाल्गुन २३ गते सोमबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिब राज श्रेष्ठद्धारा शाखाको उद्घाटन गरिएको हो । बैंकले हाल ३१ वटा शाखाहरुबाट एक लाख २५ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिराखेको छ ।

शाखा उद्घाटनको क्रममा बैंकका अध्यक्ष सुशिल कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकका बिभिन्न गतिविधीहरुका बारेमा जानकारी गराए । ओम डेभलपमेन्ट बैंक मनास्लु विकास बैंकसँग मर्जरको प्रक्रियामा रहेको छ । मर्जरपछि खोल्ने प्रक्रियामा रहेको शाखा सहित ओमको ४२ वटा शाखा कार्यालय हुने बताइएको छ । साथमा बैंकले मर्जरपछि १०ः३ अनुपातमा हकप्रद सेयर सोत जारी गर्दैछ । 

बैंकले आर्थिक बर्ष २०७३ पौष मसान्तसम्म १२ अर्ब ९९ करोड निक्षेप संकलन गरी ११ अर्ब ३४ करोड कर्जा लगानी गरेको छ । सो अवधिमा बैंकले २९ करोड ८९ लाख सञ्चालन मुनाफा गरेको थियो ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]