March 5th, 2017

एसियन लाइफको साधारणसभा चैत्र १७ गते : बोनस र हकप्रद पारित गरिँदै, बुक क्लोज कहिले ? 

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । १७ गते हुन लागेको वार्षिक साधारणसभाका लागि कम्पनीले चैत्र ३ गतेदेखि १७ गतेसम्म सेयरधनीले पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । जसअनुसार, चैत्र २ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त साधारणसभा भाग लिन पाउनेछन् । 

कम्पनीले उक्त साधारणसभामा गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव लैजाँदैछ । साथमा ५० प्रतिशत हकप्रद सेयर निष्काशनको प्रस्ताव पनि लगिँदैछ ।  

हाल एसियन लाईफ इन्स्योरेन्सको चुक्तापुँजी ६७ करोड रुपैयाँ रहेको छ । बोनस सेयर हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी एक अर्ब २० करोड रुपैयाँ नाघ्ने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]