March 5th, 2017

बैंकिङ क्षेत्रको जोखिम घटाउन विश्व बैंकले दश करोड डलर ऋण दिने

विश्व बैंकले वित्तीय क्षेत्र सुधार तथा बैंकिङ क्षेत्रका जोखिम घटाउन नेपाल सरकारलाई दश करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ । नेपाल सरकारको मध्यकालीन वित्तीय क्षेत्र सुधारका लागि उक्त रकम ऋणस्वरुप प्रदान गर्न बैंकले शुक्रबार स्वीकृति जनाएको हो ।

क्षेत्रको विकास, वित्तीय प्रणालीको पुनःसंरचना तथा वित्तीय क्षेत्र सुदृढीकरण, जोखिम व्यवस्थापन, बैंक तथा बीमा संस्थाको भुक्तानी प्रणालीको सुदृढीकरण तथा नियमन र बैंकिङ क्षेत्रको पारदर्शिता एवम् सुशासन प्रवद्र्धनका लागि स्वीकृत भएको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]