March 3rd, 2017

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सिद्धार्थनगर शाखामा एटीएम सेवा

रुपन्देही जिल्लाको बुटवलमा केन्द्रीय कार्यालय रहेको नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक लिमिटेडले सिद्धार्थनगर शाखा, भैरहवाबाट एटिएम सेवा संचालन गरेको छ । नेपाल राष्ट्र वैक सिद्धार्थनगर शाखाका उप निर्देशक विज्ञान राज सुवेदीले उक्त सेवाको एक समारोहका विच उद्घाटन गरे । 

पर्यटकीय स्थल लुम्बिनीबाट नजिक रहेको उक्त शाखामा ग्राहकहरुको माग र आवश्यकता बमोजिम एटीएम शाखा सञ्चालनमा ल्याइएको बैंकका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालले बताए । गत आर्थिक बर्षको बैशाख १४ गतेदेखि बैंकले उक्त शाखा स्थापना गरी बैंकिङ सेवा सुरु गरेको थियो ।

नेपाल कम्युनिटीले रुपन्देही, नवलपरासी र चितवनका १० वटा शाखा तथा विस्तारित शाखा कार्यालयहरु मार्फत २० हजार भन्दा बढी निक्षेपकताहरुलार्ई ए.टि.एम, सन्ध्याकालिन, लकर, निशुल्क ए.बि.बि.एस., इलेक्ट्रोनिक चेक क्लियरिङ र ३६५ दिने बैकिङ्घ सेवा लगायत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको अधिकृत पुँजी ३० करोड, जारी पुँजी तथा चुक्ता पुँजी २० करोड ९५ लाख, निक्षेप एक अर्ब ९१ करोड र कर्जा प्रवाह एक अर्ब ५६ करोड रुपैयाँ रहेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भक्त बहादुर खड्काले बताए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]