Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

युनाइटेड फाइनान्स पनि अब अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा

२०७३ फाल्गुन १९ गते

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले युनाईटेड फाइनान्स लिमिटेडसँग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र युनाईटेड फाइनान्सका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत सुनन्दबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौताअनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले फाइनान्सलाई अन्तरबैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि NCHL-IPS प्रणाली उपलब्ध गराउने छ ।

यस प्रणालीमार्पmत कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्ण रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन÷तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथालिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । 

यस प्रणालीमा हालसम्म कम्पनीले ७० बैंक तथा वित्तीय संस्थाहरुसँग प्रत्यक्ष सदस्यको रुपमा तथा ३ रेमिट कम्पनीहरु र १ मर्चेन्ट बैकिङ्ग कम्पनीसँग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता गरिसकेको छ ।