March 1st, 2017

राष्ट्र बैंकले ५.३ अर्बको ऋणपत्र खरिद गर्ने, बैंकहरुसँग प्रस्ताव माग

नेपाल राष्ट्र बैंकले पाँच अर्ब ३० करोड रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र खरिद गर्ने भएको छ । राष्ट्र बैंकले गत जेठ र असार महिनामा विक्री गरेको ऋणपत्रहरुको बाँकी रकममध्ये पाँच अर्ब ३० करोड रुपैयाँको ऋणपत्र शून्य व्याजदरमा सोझै खरिद गर्ने भएको हो । यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग आज (फागुन १८ गते बुधबार) अपरान्ह ३ बजेसम्ममा विक्री गर्ने ऋणपत्र पेश गर्न भनेको छ । ऋणपत्र विmत्री गरेवापतको रकमको भुक्तानी पनि बुधबार नै गरिने बताइएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]