April 4th, 2016

आईएमएफ र राष्ट्र बैँकबिच बैठक सम्पन्न : बैँकिङ प्रणालीको स्थायित्वमा जोड

12939347_826749650802456_93081304_nअन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को गेरार्ड जे. अल्मेकाइन्डर्स (Gerard J. Almekinders) को नेतृत्वमा आएको प्रतिनिधिमण्डलले भूकम्प तथा आपूर्ति व्यवस्थामा भएको व्यवधान पश्चात् नेपालको आर्थिक अवस्थाका बारेमा चासो राखेको छ । आइएमएफ स्टाफ भिजिट मिसनका क्रममा नेपाल भ्रमणमा रहेको कोषको प्रतिनिधीमण्डलका प्रमुख गेरार्डले सोमबार गभर्नर डा. चिरंजीबि नेपालसँग शिष्टाचार भेटवार्ता गर्ने क्रममा नेपालको मुद्रास्फिति तथा उच्च तरलताको स्थीति एवं असहज अवस्थामा बैकिंग क्षेत्रको मुनाफामा पर्ने असर र निष्क्रिय कर्जाका बारेमा जिज्ञासा राखे । 

गभर्नर डा. नेपालले देशको वर्तमान आर्थिक स्थितिका बारेमा जानकारी गराउँदै हाल अर्थतन्त्र सामान्य अवस्थामा फर्किसकेकाले यस आर्थिक बर्षको अन्त्यसम्म मुद्रास्फिति एकल अंकमा झर्ने र अन्य सूचकहरुमा समेत सुधार आउने उल्लेख गरे । विप्रेषण आप्रवाहमा वृद्धि तथा कर्जा प्रवाहमा आएको सुस्तताले बैंकिंग प्रणालीमा उच्च तरलताको स्थीति रहेको बताउँदै उनले हाल आर्थिक कारोबार बढ्न थालेकाले कर्जा प्रवाह बढ्ने एवं सरकारको पूँजीगत खर्च बढी तरलतामा सुधार आउने उल्लेख गरे । यसका बाबजुद पनि उच्च तरलताको अवस्था कायम रहेमा उपयुक्त मौद्रीक उपकरण प्रयोग गरी तरलता प्रशोचन गरिने डा. नेपालको भनाइ थियो । यस सम्बन्धमा विस्तृत अध्ययन गरी आवश्यक सुझाब दिन हाल आइएमएफको लिक्विडिटी टेक्निकल अििसस्टेन्स मिसन (Liquidity Technical Assistance Mission) समेत नेपाल भ्रमणमा रहेको जानकारी उनले गराए । 

गभर्नर डा. नेपालले असहज अवस्थामा बैंकिंग प्रणालीलाई सुरक्षित राख्दै जनविश्वास कायम राख्न केन्द्रीय बैंक तथा नेपाल सरकारको तर्फबाट बैंक तथा वित्तीय संस्थाहरुलाई केही सहुलियतहरु प्रदान गरिएको भएता पनि अर्थतन्त्र सामान्य अवस्थामा फर्केकाले सहुलियतहरुलाई निरन्तरता नदिइने बताए । उनले भने, विगत जस्तो असहज परिस्थिति नरहेकाले बैंकिंग प्रणालीको स्वास्थ्यमा नकरात्मक असर पर्दैन । बैंकिंग प्रणालीको स्थायित्वमा नेपाल राष्ट्र बैंक सजग रहेको र जोखीममा आधारित सुपरिवेक्षणका माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरुलाई निगरानी गरिरहेको छ । 

प्रतिनिधि मण्डलमा आइएमएफका तर्फबाट Masayoshi Chida / Yu Ching Wong समेत सहभागि थिए । नेपाल राष्ट्र बैंकका तर्फबाट डेपुटी गभर्नरद्वय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठ लगायत कार्यकारी निर्देशकहरुको समेत उपस्थिति रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]