February 26th, 2017

२५ प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रद जारी गर्दै एक्सेल डेभलपमेन्ट बैंक

एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडले बोनस सेयर र हकप्रद सेयर एकैपटक पारित गर्ने भएको छ । बैंकले  चैत्र १९ गते हुने ११औँ वार्षिक साधारणसभाबाट सञ्चालक समितिको दुवै प्रस्ताव पारित गर्ने भएको हो । साधारणसभा आदर्श ब्याङ्क्वेट पार्टी प्यालेस, झापामा हुँदैछ । साधारणसभा प्रयोजनका लागि बैंकले चैत्र ७ गतेदेखि १९ गतेसम्म सेयरधनी पुस्तिका बन्द रहने जनाएको छ । जसअनुसार, चैत्र ६ गतेसम्म कायम सेयरधनीले मात्रै बैंकको साधारणसभामा भाग लिन पाउनेछन् । 

एक्सेलले गत आर्थिक वर्षको कमाईबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिँदैछ । साथमा उक्त बोनस सेयर जारी गरेपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर पनि निष्काशन गर्दैछ । हाल एक्सेल डेभलपमेन्ट बैंकको चुक्तापुँजी ३० करोड ७६ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयर जारी गरेपछि बैंकको चुक्ता पूँजी ३१ करोड ३७ लाख रुपैयाँ पुग्नेछ । उक्त पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्दा एक्सेलको चुक्तापुँजी ४७ करोड पाँच लाख ५० हजार रुपैयाँ पुग्नेछ । 

यसबाहेक, बैंकले अधिकृत पूँजी ४० करोड रुपैयाँबाट एक अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि साधारणसभामा लग्दैछ । त्यस्तै, बैंकको संस्थापक सेयर ७० प्रतिशतबाट १९ प्रतिशत सर्वसाधारण सेयरमा परिवर्तन गरी संस्थापक सेयरतर्फ  ५१ प्रतिशत तथा सर्वसाधारण सेयरतर्फ ४९ प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]