February 23rd, 2017

राष्ट्र बैंकले विभिन्न कोषमा रहेको रकम लगानी गर्ने, बैंकहरुसँग प्रस्ताव माग

नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको रकम लगानी गर्नुपर्ने भन्दै बैंक तथा वित्तीय संस्ताहरुसँग रकम लिने प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंकलाई ३६६ दिनको मुद्दती निक्षेपको रुपमा रकम लैजान आह्वान गरेको हो । ०७३ चैत्र १ गतेदेखि ०७४ फागुन ३० गतेसम्मका लागि उपलब्ध गराउन लागेको रकमका लागि आगामी १७ गते अपरान्ह ३ बजेभित्र शिलबन्दी दरभाउपत्र सम्बन्धी फारम भरी बुझाउन आह्वान गरिएको छ । 

थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 
http://202.70.81.32/fmd/inv_notices/Investment_Notice_2073.11.11.pdf


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]