February 23rd, 2017

साताको अन्तिम दिन पनि घटेरै बन्द भयो सेयर बजार

साताको अन्तिम दिन सेयर बजार ६.६५ अंकको गिरावटसँगै १३३७.४६ अंकमा पुगेर बन्द भएको छ । होटल र अन्यबाहेक कारोबार भएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा समूह ३५.८३ अंकले घटेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र उत्पादनमूलक क्रमशः ९.२५, ५.३९, १.६१, ३.३१ र ५.०५ अंकले घटेका छन् । होटल र अन्य भने क्रमशः १५.९२ र ३.७६ अंकले बढेका छन् । 

बुधबार ३४ करोडको कारोबार भएको बजार विहीबार ३० करोड ४८ लाख ९३ हजार सात सय ६४ रुपैयाँको कारोबारमा सीमित भएको छ । दिनभरिमा १३० वटा कम्पनीको सात लाख ६१ हजार एक सय ३४ कित्ता सेयर तीन हजार चार सय चार पटक खरिदविक्री भएका छन् । कुल कारोबारमध्ये, बैंक अफ काठमाण्डू लुम्बिनीको चार करोड ६४ लाख ७८ हजार एक सय १२ रुपैयाँको कारोबार भएको छ भने प्रभु बैंक प्रोमोटरको दुई करोड २२ लाखको कारोबार भएको छ । एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक र प्रभु बैंकको एक करोडमाथिको कारोबार भएको छ । कुमारी बैंक, नेपाल टेलिकम, नेपाल बैंक, नेपाल बंगलादेश बैंक र नेपाल लाइफ इन्स्योरेन्सको क्रमशः ९६ लाख ८९ लाख ७१ लाख, ७० लाख ६५ हजार र ७० लाख ४३ हजार रुपैयाँको कारोबार भएको छ । 

आरएसडीसी लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ७.९५ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा फस्र्ट माइक्रोफाइनान्स, नेशनल माइक्रोफाइनान्स र नेपाल ग्रामीण विकास बैंकका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, खानीखोला हाइड्रो, सहारा विकास बैंक, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, सिद्धार्थ इन्स्योरेन्स प्रोमोटर लगायतका सेयरधनीले पनि कमाएका छन् । 

राष्ट्रिय बीमा कम्पनीका प्रोमोटर सेयरधनीले सबैभन्दा धेरै ५.२१ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । सप्तकोसी डेभलपमेन्ट बैंक, जेविल्स फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, छिमेक लघुवित्त विकास बैंक, रिलायन्स फाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स, मञ्जुश्री फाइनान्स, एनबि इन्स्योरेन्स, नेपाल एसबीआई बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]