February 22nd, 2017

सेन्ट्रल र भक्तपूर मर्ज भएर सेन्ट्रल फाइनान्स बन्दै, राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

नेपाल राष्ट्र बैंकले सेन्ट्रल फाइनान्स लिमिटेड र भक्तपुर फाइनान्स लिमिटेडलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ । मर्जपछि संस्थाको नाम सेन्ट्रल फाइनान्स रहनेछ र केन्द्रीय कार्यालय ललितपुर रहने संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हाल सेन्ट्रल फाइनान्सको चुक्ता पूँजी ३० करोड २२ लाख ७८ हजार रुपैयाँ र भक्तपुर फाइनान्सको चुक्तापुँजी चुक्ता पूँजी २१ करोड ८३ लाख ८५ हजार रुपैयाँ रहेको छ । दुई संस्था गाभिएपछि बन्ने संस्थाको चुक्ता पूँजी ५२ करोड ६ लाख ६३ हजार रुपैयाँ हुनेछ । संस्थाको निक्षेप २ अर्ब ३६ करोड ७१ लाख र कर्जा लगानी २ अर्ब २३ करोड ९६ लाख हुनेछ । राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी ८० करोड मर्जरपछि हकप्रद र बोनस सेयर जारी गरेर पुर्याउने जनाएको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]