February 21st, 2017

बैंकले गाडी किन्न ५० प्रतिशत मात्रै कर्जा दिने, ओडिको सिमा १ करोडबाट ७५ लाखमा झारियो  

गाडी खरिदमा प्रदान गरिने ऋणलाई बैंकले ५० प्रतिशत मात्रै दिने नीति आएको छ । नेपाल राष्ट्र बैंकले निजी गाडि खरिदमा कडाइ गरेको हो । मंगलवार मौद्रिक नीतिको समिक्षामा केन्द्रीय बैंकले निजी गाडी खरीद गर्दा ५० प्रतिशत भन्दा कम कर्जा दिन बैंकलाई निर्देशन दिएको छ । यसैगरी ओडी कर्जाको सीमा पनि घटाइएको छ । बैंकले ओडीमा एक करोड रुपैयाँसम्म ऋण प्रवाह गर्दै आएकोमा अब ७५ लाख रुपैयाँसम्म मात्रै कर्जा प्रवाह गरिने छ । २०७४ असार मसान्तसम्म ओडी ७५ लाख रुपैयाँमा ल्याउनेगरि केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

अब बैंकहरुले गाडिमा उपलव्ध गराउँदै आएको कर्जा कम गर्ने छन् । गाडि मूल्यांकनको ५० प्रतिशत मात्रै ऋण प्रवाह हुने भएपछि गाडिको संख्या बृद्धिमा पनि केही कमी आउने अपेक्षा गरिएको छ । बैंकहरुले गाडी खरिदमा कुल मुल्यको ८०  प्रतिशतसम्म कर्जा दिँदै आएका थिए । जसका कारण बजारमा गाडिको संख्यामा पनि उल्लेख्य बृद्धि भएको थियो । तरलता बढ्नुका साथै उत्पादन क्षेत्रमा लगानी कम भएका कारण केन्द्रीय बैंकले यो नीति ल्याएको हो ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]