February 20th, 2017

सिनर्जी हाइड्रोपावरको आईपिओ नपरेको पैसा यसरी लिनुस् फिर्ता

सिनर्जी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर बाँडफाँडमा नपरेका लगानीहरुको रकम मंगलबार फिर्ता दिने भएको छ । पुस ८ गतेबाट १३ गतेसम्म सय रूपैयाँ अंकित मूल्यमा २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता साधारण सेयर निष्काशन गरेको कम्पनीले बिहीबार फागुन ५ शेयर बाँडफाँड गरेको थियो ।

आईपिओमा ३१ हजार रुपैयाँ अर्थात तीन सय १० कित्तासम्मको आवेदन दिने लगानीकर्तालाई गोलाप्रथाबाट १० कित्ताका दरले सेयर वितरण गरिएको थियो । त्यस्तै ३२ हजारदेखि ५० हजारसम्म आवेदन दिने लगानीकर्तालाई तीन दशमलव ०४ प्रतिशत र ५० हजार भन्दा बढी आवेदन दिनेलाई दुई दशमलव ९३ प्रतिशतका दरले सेयर वितरण गरिएको थियो ।

सेयर भर्दा वाणिज्य बैंकमा सानिमा बैंक, लक्ष्मी बैंक, टुरिजम विकास बैंक, देव विकास बैंक, कैलाश विकास बैंक, मुक्तिनाथ विकास बैंक, सांग्रिला विकास बैंक, एस डेभलपमेन्ट बैंक, तिनाउ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, रिलायन्स फाइनान्स, सिनर्जी फाइनान्स, युनिक फाइनान्स र युनियन फाइनान्सको खाता उल्लेख गरेका लगानीकर्ताको रकम सिधै बैंक खातामा नै आउने छ । अन्य बैंक तथा वित्तिय संस्थामा खाता भएका लगानीकर्ता भने आवेदन भरेकै स्थानबाट रकम फिर्ता लिनुपर्ने बताइएको छ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]