February 20th, 2017

वोमी माइक्रोफाइनान्सले अब ३२ जिल्लामा लघुवित्त सेवा दिने

वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्नो कार्यक्षेत्र विस्तार गर्नका लागि नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको छ । संस्थाले हाल कायम १५ जिल्ला कार्यक्षेत्रमा थप १७ जिल्ला थप गरी कुल ३२ जिल्लामा लघुवित्त कार्यक्रम विस्तार गर्नका लागि स्वीकृति पाएको हो ।

वोमी माइक्रोफाइनान्सले हाल देशका विभिन्न १५ जिल्लामा २२ वटा शाखा कार्यालयहरुमार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै, संस्थाको पछिल्लो पाँचौं वार्षिक साधारण सभाले २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.१०८ नगद लाभांस स्वीकृत गरेसँगै जारी तथा चुक्तापुँजी छ करोड ४८ लाख रुपैयाँ पुगेको छ । संस्थाको करिब १८ हजार सदस्यमा उठाउन बाँकी लघुकर्जा ५३ करोड रुपैयाँ तथा वचत परिचालन १९ करोड रुपैयाँ रहेको छ । 

संस्थाले निकट भविष्यमा नै देशका विभिन्न ग्रामिण क्षेत्र लक्षित स्थानहरुमा शाखा कार्यालय विस्तार गर्ने योजना तय गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]