February 20th, 2017

कर्मचारीलाई दक्ष बनाउन फेवा विकास बैंकले दियो तालिम

फेवा विकास वैक लिमिटेडले हालै चितवनको सौराहामा कर्मचारी दक्षता अभिबृद्घि तालिम एवम् कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । गत फागुन ५ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको उक्त तालिमबाट बैंकका सम्पूर्ण शाखा प्रवन्धक तथा विभागीय प्रमुखहरु लाभान्वित भएका छन् । 

तालिममा शाखा प्रमुख तथा विभागीय प्रमुखहरुलाई बैंकमा निहित विभिन्न प्रकारका जोखिम तथा अनुपालन सम्बन्धमा जानकारी गराइनुका साथै सम्भावित जोखिमका प्रभाव एवम् जोखिम न्यूनिकरण सम्बन्धी उपायहरु बारे सहभागीहरुलाई अवगत गराइएको थियो ।   

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले विभागीय प्रमुख तथा शाखा प्रमुखहरुमा विशेष जिम्मेवारी हुने हुँदा उनीहरु सदैव सजग र चनाखो भइरहनुपर्ने बताए । साथै उनले बैंक सञ्चालनसम्बन्धी विभिन्न जोखिमहरुलाई न्यूनीकरण गर्न र बैंकको लक्षित उद्देश्य हासिल गर्नतर्फ अग्रसर हुन आह्वान समेत गरे । 

उक्त तालिम एवं कार्यशाला गोष्ठीलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत लगायत सम्वन्धीत विभागीय प्रमुखहरुले सहजीकरण गरेका थिए । उक्त गोष्ठीमा बैंकसंग सम्बन्धित विभिन्न प्रकारका कानुनी प्रावधान तथा अपनाउनुपर्ने कानुनी प्रक्रियाका बारे बैंकका कानुनी सल्लाहकार सुकदेव गौतमले प्रकाश पारेका थिए ।

यस प्रकृतिका तालिम कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिइने र कर्मचारीहरुलाई काममा उत्प्रेरणा जगाउने लक्ष्य लिइएको बैंकद्वारा जारी विज्ञप्तीमा जनाईएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]