February 19th, 2017

क्रिकेटर सन्दिप लामिछानेलाई सानिमा बैंकले दियो क्रिकेट किट

सानिमा बैंक लिमिटेडले क्रिकेटर सन्दिप लामिछानेलाई क्रिकेट किट हस्तान्तरण गरेको छ । नेपाली राष्ट्रिय टिमका खेलाडी तथा अन्डर–१९ क्रिकेटका कप्तान लामिछानेलाई बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले आइतबार एक समारोकाबिच उक्त क्रिकेट किट हस्तान्तरण गरेका हुन् । सानिमा बैंकद्वारा दुई वर्षका लागि प्रायोजन गर्ने सम्झौता भए अनुरुप बंैकले सन्दिप लामिछानेलाई मासिक रुपमा प्रायोजीत रकम प्रदान गरी खेल जीवनमा अभ्यस्त रहन प्रेरित गर्दै आएको छ । 

सन् २०००, अगस्ट ०२ मा जन्मिएका लामिछाने लेग ब्रेक बलिङ्ग स्टाईलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनीे हालै प्रकाशित अल आउट क्रिकेट पत्रिकामा उत्कृष्ट क्रिकेटरको सूचिमा पर्न सफल भएका छन् ।

प्रमुख कार्यकारी अधिकृत दाहालले सम्पूर्ण सानिमा परिवारले लामिछानेलाई प्रायोजन गर्न पाएकोमा खुसी भएको र सानिमाबाट प्रेरित भई अन्य संस्थाहरुले पनि खेलाडीहरुलाई सहयोग गरी नेपालमा व्यवसायिक खेलकुदको विकासमा सहयोग गर्ने आशा व्यत्त गरे । 

नेपाल र केन्याबिचको वल्र्ड क्रिकेट लिग सिरीजको तयारीका लागि नेपाली राष्ट्रिय टिम १३ फाल्गुन २०७३ मा भारत प्रस्थान गर्दैछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]