February 19th, 2017

५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै मिर्मिरे माइक्रोफाइनान्स : धितोपत्र बोर्डमा दियो आवेदन 

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले ५० प्रतिशत अर्थात एक बराबर शून्य दशमलव ५०को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले गत विहीबार (फागुन ५ गते) बोर्डमा निवेदन दिएको हो । 

मिर्मिरेले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड ५० लाख रुपैयाँ बराबरको एक लाख ५० हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

हाल मिर्मिरे माइक्रोफाइनान्सको चुक्तापुँजी तीन करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि माइक्रोफाइनान्सको चुक्तापुँजी चार करोड ५० लाख रुपैयाँ पुग्नेछ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]