February 19th, 2017

१० बराबर सातको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दै गरिमा विकास बैंक

गरिमा विकास बैंकले १० बराबर सातको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको बैंकले बोनस सेयर वितरण गरिसकेपछि कायम हुने चुक्तापुँजीको ७० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको छ । हकप्रद सेयर निष्काशन गर्नेसम्बन्धी प्रस्ताव बैंकको गत शुक्रबार सम्पन्न दशौँ वार्षिक साधारणसभाले पारित गरेको छ । 

चितवनको शुभेच्छा र पोखराको गरिमा विकास बैंक गाभिएर गत असोज ४ गतेदेखि एकीकृत कारोबार थालेको गरिमा विकास बैंकको चुक्तापुँजी एक अर्ब आठ करोड रुपैयाँ रहेको छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी एक अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । उक्त पुँजीको ७० प्रतिशत हकप्रद सेयर जारी गर्दा गरिमाको चुक्तापुँजी दुई अर्ब १९ करोड रुपैयाँ पुग्नेछ । असार मसान्तसम्ममा गरिमाले दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]