February 19th, 2017

नेपाल टेलिकमले माग्यो डेढ सय कर्मचारी

नेपाल टेलिकमले डेढ सयभन्दा बढी कर्मचारी माग गरेको छ । टेलिकमले खुल्लातर्फ ८९, महिला २४, आदिवासीरजनजाती २०, मधेसी १३, दलित ५ र अपांग २, पिछडिएको वर्ग २ गरी कुल एक सय ५५ जनाको दरखास्त आह्वान गरेको हो । 

काठमाडौं उपत्यकाको हकमा ललितपुर, पुल्चोकस्थित साझा यातायात भवनमा रहेको यस कम्पनीको ग्राहक सेवा केन्द्र र उपत्यकाबाहिरको हकमा कम्पनीका क्षेत्रीय निर्देशनालयहरु विराटनगर, वीरगंज, भैरहवा, नेपालगंज र अत्तरिया धनगढीमा दरखास्त बुझाउन सकिने छ । दरखास्त फारम चैत्र ८ गतेसम्म बुझाउन सकिनेछ । 

विस्तृत जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.ntc.net.np/notices/vacancy/vacancy20731108.pdf 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]