February 16th, 2017

कञ्चन डेभलपमेन्ट बैंक अब आफ्नै भवनमा    

सुदूर पश्चिम कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा प्रधान कार्यालय रहेको कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नै स्वामित्वको भवनबाट कारोबार सुरु गरेको छ । सुरुमा भीमदत्त नगरपालिकावडा नं ४ स्थित घर भाडामा लिई माथिल्लो तलामा प्रधान कार्यालय र तल्लो भुई तलामा शाखा कार्यालय सञ्चालन गर्दै आएको बैंकले विहीबारदेखि आफ्नेै भवनबाट कारोबार सुरु गरेको छ । 

२०६६ साल असोज ३ गतेदेखि आफ्नो सेवा सञ्चालनमा ल्याएको कञ्चनले हालसम्म कञ्चनपुरको महेन्द्रनगर, दैजी, झलारी, बेल्डाँडी, बेलौरी, पुर्नवास कैलालीको धनगढी, अत्तरिया, डडेल्धुराको अमरगढीमा गरि नौ वटा शाखा र एक एक्सटेन्सन काउण्टर आई बि.आर.डीमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै आगामी ३ महिनाभित्र कैलालीको टिकापुर, लम्की, सुखड र बौनियामाथप ४ वटा शाखा खोल्ने गरि आवश्यक स्विकृती र घर भाडामा लिईसकेको र शाखाहरुको सजावत र भौतिकपुर्वाधार बनाउने कार्य भई रहेको बैंकले जनाएको छ । 

यस बैंकले हालसम्म ८१६३४जना ग्राहकहरुबाट २ अर्ब ३१ करोड निक्षेप संंकलन गरेको छ भने हाल सक्रिय ७२९७ जना ग्राहकहरुलाई बिभिन्न शिर्षकमा २ अर्ब ११ करोड रुपैया कर्जा प्रवाह गरेको छ । बैंकले यस क्षेत्रका बिपन्न बर्गमा पर्ने ग्राहकहरुलाई समुह गठन गरि समुहगत जमानीमा बिनाधितो कर्जा प्रवाह समेत गरेको छ ।

नेपाल राष्ट्र बैंकले हालै सबै बैंकहरुको अधिकृत पुँजी बढाएको कारणले यस प्रदेशमा केन्द्रीय कार्यालय स्थापना गरि सञ्चालनमा रहेका बैंक र बित्तीय संस्थाहरु मध्ये कञ्चन डेभलपमेण्ट बैंक लिमिटेडले मात्रआफ्नो पूँजी नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डमा पुर्याउने गरि कार्य अगाडी बढाएको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]