February 16th, 2017

एभरेष्ट इन्स्योरेन्सले कमायो दुई करोड मुनाफा, गत वर्षभन्दा दुई गुणा बढी

निजी क्षेत्रको निर्जीवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड सात लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे दुई गुणा बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एभरेष्टले ९१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

१० करोड रुपैयाँ चुक्तापुँजी भएको कम्पनीले जगेडाकोषमा १४ करोड २० लाख रुपैयाँ र बीमा कोषमा नौ करोड ९२ लाख रुपैयाँ राखेको छ । बीमाको आम्दानी दुई गुणाले बढेर दुई करोड ९८ लाख रुपैयाँ पुगेको छ भने खर्च झन्डै दुई गुणाले बढेर एक करोड ४२ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीले बीमा शूल्कवापत ११ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ आठ करोड १३ लाख रुपैयाँ बराबरको दाबी भुक्तान गरेको छ । कम्पनीले सात हजार सात सय ६२ वटा बीमालेख जारी गरेको छ भने पाँच सय ७० वटा दाबी भुक्तान गरेको छ । 

कम्पनिको प्रतिसेय आम्दानी वार्षिक २० दशमलव ४६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ७५ दशमलव ७७ गुणा र प्रतिसेयर नेटवर्थ चार सय १२ दशमलव ५१ रुपैयाँ रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]