February 16th, 2017

सिद्धार्थ डेभलपमेन्ट बैंकको नयाँ शाखा तानसेन बजारमा

सिद्धार्थ डेभलपमेट बैंक लिमिटेडले पाल्पाको तानसेन बजारमा नयाँ शाखा स्थापना गरी सञ्चालनमा ल्याएको छ । आफ्नो सेवा विस्तार गर्दै जाने क्रममा बैंकले विहीबार नयाँ शाखा विस्तार गरेको हो । उक्त शाखाको उद्घाटन पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमद्वारा गरिएको बैंकले जनाएको छ ।

बैंकको यस शाखाले स्थानीयस्तरमा बैंकिङ सेवा सुविधा प्रदान गर्नुका साथै स्थानीय व्यवसायीहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्ने विश्वास लिइएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]