February 15th, 2017

बुधबार सेयर बजार ४१.८३ अंकले बढ्यो

बुधबार सेयर बजार ४१.८३ अंकले बढेको छ । झन्डै दुई साता यता ठूलो अंकले घटेको सेयर बजार सोमबार दोहोरा अंकले बढेपनि मंगलबार पुनः घटेको थियो । बुधबार पुनः सेयर बजार दोहोरो अंकले बढेर १३१६.८० अंकमा पुगेको छ । उत्पादनमूलक समूहबाहेक कारोबार भएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा समूह ३८५.४६ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य समूह क्रमशः ३७.११, ४९.०१, ४३.२७, ६६.०६, १२.६८ र २.८९ अंकले बढेका छन् । उत्पादनमूलक भने ५.६६ अंकले घटेको छ ।

बुधबार ५२ करोड २ लाख ८७ हजार ७३ रुपैयाँ बराबरको कारोबार भएको छ । दिनभरिमा १४१ वटा कम्पनीको ३२ लाख २७ हजार दुई सय ५८ कित्ता सेयर १० हजार एक सय ५२ पटक खरिदविक्री भएका छन् । जसमध्ये, नेशनल लाइफ इन्स्योरेन्सको पाँच करोड ८७ लाख ३९ हजार छ सय ८० रुपैयाँको कारोबार भएको छ । प्रभु बैंक र बैंक अफ काठमाण्डू लुम्बिनीको दुई करोडमाथिको कारोबार भएको छ ।   

सर्वाधिक कमाउने दश उत्कृष्ठ कम्पनीमध्ये अधिकांश कम्पनी बीमा समूहका रहेका छन् । २० प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रदको घोषणा गरेको एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ५० प्रतिशत हकप्रदको निष्काशन खुला गरेको नेको इन्स्योरेन्सका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् । दिव्यश्वरी हाइड्रोका लगानीकर्ताहरुले सवाधिक गुमाएका छन् । यो कम्पनीको सेयरमूल्य झन्डै १० प्रतिशतले घटेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]