April 3rd, 2016

आइतबारको शेयर बजार : ५२ करोडको कारोबार, कमाउनेमा स्टान्डर्ड चार्टर्ड अगाडि

economicsसाताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । गत साताको सोमबारदेखि नै ओर्लने क्रममा रहेको बजार आइतबार पनि घटेरै बन्द भएको हो । आइतबार नेपाल स्टक एक्सचेन्जमा १ सय २७ वटा कम्पनिका ७ लाख ९ सय ३५ कित्ता शेयर २ हजार ६ सय ११ पटक खरिदविक्रि हुँदा कुल ५२ करोड ६७ लाख ९२ हजार ६ सय ९४ रुपैँयाको कारोबार भएको छ । एक समय दोहोरो अंकले ओरालो लागेको परिसूचक अन्त्यमा सम्हालिएर विहीबारको तुलनामा ३.९४ अंकले घटेर बन्द भएको छ । अहिले बजार १३५१.५४ अंकमा छ ।

आइतबार स्टान्डर्ड चार्टर्ड बैँक, नागरिक लगानी कोष र नविल बैँक सबैभन्दा धेरै कारोबार गर्ने कम्पनिहरुको सूचीको अग्रस्थानमा छन् । यी कम्पनिहरुको ३ करोडमाथिको शेयर कारोबार भएको छ । सिटिजन्स बैँक, एभरेष्ट बैँक र नविल बैँकको २ करोडमाथिको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स, एनएमबी बैँक, डिप्रोस्क डेभलपमेन्ट बैँक, नेपाल बंगलादेश बैँक लगायतका कम्पनिको १ करोडमाथिको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

यता, नाफामा जाने कम्पनिहरुको अग्रस्थानमा भने माउण्ट मकालु डेभलपमेन्ट रहेको छ जसको शेयर मूल्य ९.९८ प्रतिशतका दरले बढेको छ । त्यस्तै, क्लिन भिलेज माइक्रोफाइनान्स, सगरमाथा फाइनान्स, महाकाली विकास बैँक लगायतले पनि कमाएका छन् । गुमाउने कम्पनिहरुमा महिला सहयात्रा माइक्रोफाइनान्स, हामा मर्चेन्ट एण्ड फाइनान्स, स्वरोजगार लघुवित्त, जानकी फाइनान्स, इनोभेटिभ डेभलपमेन्ट बैँक लगायत छन् । सबैभन्दा धेरै कारोबार सम्हालेको स्टान्डर्ड चार्टर्ड बैँकका लगानीकर्ताले २.२२ प्रतिशतका दरले कमाएका छन् ।

आइतबार वाणिज्य बैंक समूहमा निकै उताचरढाव देखियो । कारोबार सुरु हुने बित्तिकै उकालो लागेको यो सूमहमा अन्त्यमा ०.६३ अंकले घटेर बन्द भयो । वीमा समूह सबैभन्दा धेरै ५३.४३ अंकले घटेको छ । त्यस्तै, विकास बैँक, जलविद्युत्, अन्य र फाइनान्स समूह क्रमशः १३.८२, १३.०४, ५.८७ र ०.१७ अंकले घटेका छन् । उत्पादनमूलक र होटल समूह क्रमशः ३०.०९ र २७.४२ अंकले उकालो लागेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]