February 15th, 2017

डीपी खाताको विवरण अब अनलाइनमा हेर्न पाइने

सेयर लगानीकर्ताले अब आफ्नो डिपी खाताको विवरण अनलाइनमा हेर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डको माघ २७ गते बसेको बैठकले सिडिएस एन्ड क्लियरिङ लिमिटेडको धितोपत्र केन्द्रिय निक्षेप सेवा (दोस्रो संशोधन) विनियमावली २०७३ र धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट (दोस्रो संशोधन) विनियमावली २०७३ पारित गरि उक्त व्यवस्था गरेको हो । जसअनुसार, अब आफ्नो डीपी खातामा कुन कुन कम्पनीको सेयर छ भनेर लगानीकर्ता आफैंले अनलाइनमा हेर्न सक्नेछन् ।

साथमा बोर्डले समयमा राफसाफ नगर्दा या गलत कागजात पेश गर्दा राफसाफ सदस्यले सात कार्यदिन काम गर्न नपाउने ब्यवस्था संशोधन गरि तीन दिनमा झारेको छ । संशोधन मार्फत कुनै कम्पनी वा रजिष्ट्रार  तथा हस्तान्तरण प्रतिनिधी, निक्षेप सदस्य  वा दलालले गलत बिवरण टिपाए वा कारोबारमै गल्ती गरे पनि सच्याउने ब्यवस्था मिलाएको बोर्डले जनाएको छ । यसबाट सेयर राफसाफ एवं फर्छ्यौट सम्बन्धी प्रकृया थप सहज र छोटो हुने विश्वास बोर्डले लिएको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]