February 15th, 2017

कसले कति पायो समता माइक्रोफाइनान्सको आईपीओ ?

समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण सेयर बुधबार बाँडफाँड गरिएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालय लाजिम्पाटमा भएको बाँडफाँडमा कुल आवेदकमध्ये १० प्रतिशत आवेदकले १० कित्ता सेयर पाएका छन् । कुल ८६ हजार दुई सय ३७ जना आवेदकमध्ये आठ हजार आठ सय ५६ जनाले मात्रै १० कित्ताका दरले सेयर पाएका हुन् । बाँकी सबैलाई गोलाप्रथाबाट सेयर प्रदान गरिएको विक्री प्रबन्धकले जनाएको छ । 

संस्थाले गत पुस १९ गते देखि ९४ हजार आठ सय कित्ता साधारण सेयर निष्काशन गरेको थियो । संस्थाले निष्काशन गरेको ९४ हजार आठ सय कित्ता सेयरमध्ये एक हजार आठ सय ९६ कित्ता सेयर कर्मचारी र चार हजार सात सय ४० कित्ता सेयर म्युचुअल फण्डहरुलाई छुट्याइएको छ । बाँकी ८८ हजार १६४ कित्ता सेयर मात्रै सर्वसाधारण लगानीकर्तालाई बाँडफाँड गरिएको हो । 

तीन करोड १६ लाख रुपैयाँ चुक्तापुँजी रहेको समताको यस ३० प्रतिशत साधारण सेयर जारी गरेसँगै चुक्तापुँजी चार करोड १० लाख रुपैयाँ पुगेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]