February 14th, 2017

शतप्रतिशत हकप्रद जारी गर्दै भार्गव विकास बैंक, ११ गतेसम्म कायम सेयरधनीले मात्र पाउने 

भार्गव विकास बैंकले निष्काशन गर्न लागेको हकप्रद सेयर आगामी ११ गतेसम्म कायम सेयरधनीले मात्रै भर्न पाउने भएका छन् । बैंकले फागुन १२ गतेदेखि हकप्रद प्रयोजनका लागि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले सो निर्णय गरेको बैंकले जनाएको छ । 

भार्गवले सर्वसाधारण सेयरधनीका लागि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

हाल भार्गव विकास बैंकको चुक्तापुँजी १२ करोड रुपैयाँ रहेको छ । उक्त अनुपातमा हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापूँजी २४ करोड रुपैयाँ पुग्नेछ । बैंकले गतबर्षको मुनाफाबाट २० प्रतिशत बोनस तथा १ दशमलव शुन्य ५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पुष २३ गते सम्पन्न नवौ बार्षिक साधारणसभाबाट पारित गरिसकेको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]