February 13th, 2017

गत वर्ष ३६ करोड घाटामा रहेको नेशनल इन्स्योरेन्सले कमायो साढे आठ करोड मुनाफा

निजी क्षेत्रको निर्जीवन बीमा कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीे लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आठ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३६ करोड ३० लाख रुपैयाँ नोक्सानमा रहेको कम्पनीले यो वर्ष उल्लेख्य रुपमा प्रगती गरेको हो । 

कम्पनीको जगेडा तथा कोषमा पाँच करोेड ६० लाख रुपैयाँ नेगेटिभमा राखिएको भने बीमा कोषमा ८२ करोड नौ लाख रुपैयाँ राखिएको छ । कम्पनीले यो अवधिमा नौ करोड ६३ लाख रुपैयाँ आम्दानी गरी एक  करोड १२ लाख रुपैयाँ खर्च गरेको छ । बीमा शूल्कवापत नेशनलले ३८ करोड एक लाख रुपैयाँ आर्जन गरेको छ भने २५ करोड ५७ लाख रुपैयाँ बराबरको दाबी भुक्तान गरेको छ । कम्पनीले यस अबधीमा १३ हजार आठ सय ४० वटा बीमालेख जारी गरेको छ भने एक हजार एक सय ४६ वटा दाबी भुक्तान गरेको छ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]