April 3rd, 2016

बैँकिङ प्रविधि : कुन बैँकले कुन प्रविधि भित्र्याए ?

Pointing at touchpadसमयको आधुनिकतासँगै बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग चुलिँदै गइरहेको छ । वर्तमान समयमा नेपालका सबै बैँकहरु आधुनिक प्रणालीमा गइसकेका छन् । प्रविधि क्षेत्रमा आफूलाई अब्बल बनाउनको लागि सरकारी बैंकभन्दा नीजि बैंकहरु नै कस्सिएका छन् । हाल नेपालमा ३० वटा वाणिज्य बैंकहरु सञ्चालनमा छन् । प्रविधिको विकास यतिसम्म भएको छ कि स्वचालित टे«लर मेसिनबाटै विभिन्न बैंकका शाखाहरु एक आपसमा जोडिँदै छन् । यसैबीच, नेपालमा बैँकिङ प्रविधिको प्रयोग र सुरुवातको विषयमा बैंकिङ खबर डटकमले तयार पारेको सामग्री यहाँ प्रस्तुत गरिन्छ :

क्रेडिट कार्ड
तत्कालिन नेपाल अरव बैंक अर्थात हालको नविल बैंकले पहिलो पटक २०५२ सालमा क्रेडिट कार्ड भित्राएको हो । उक्त क्रेडिट कार्डले बैंकिङ सेवालाई छिटो र छरितो बनाउनको लागि महत्वपुर्ण भूमिका खेलेको थियो । 

एटिएम मेसिन÷टेलि बैंकिङ
त्यस्तै वि सं २०५२ सालमा नै एटिएम मेसिन नेपालमा भित्रिएको थियो । उक्त मेसिन प्रथम पटक हिमालयन बैंकले भित्राएको हो । हिमालयन बैंकले स्थापनाको एक बर्षमै टेलि बैंकिङ सेवाको सुरुवात पनि गरेको थियो । 

इन्टरनेट बैंकिङ 
एटिएम मेसिन र टेलि बैंकिङ सेवा सुरु भएको सात बर्षपछि इन्टरनेट नेपालमा बैंकिङ भित्रियो । इन्टरनेट बैंकिङ भित्राउने कुमारी बैंक पहिलो बन्न पुग्यो । 

एसएमएस बैंकिङ 
इन्टरनेट बैंकिङ सेवा सुरु भएको २ वर्ष पछि अर्थात ०६१ सालबाट एसएमएस बैंकिङको सुरुवात भयो । यसको सुरुवात लक्ष्मी बैंकले गरेको हो । 

ई मोवाइल
नेपालमा ई मोबाइल सेवा सुरु भएको तीन बर्ष पुरा भएको छ । वेष्टर्न युनियन, नविल बैंक र फोन–पे प्रालिले संयुक्त रुपमा यो सेवा सुरु गरेका हुन् ।

ट्यावलेट बैंकिङ 
हालै मेगा बैंकले ट्यावलेट बैंकिङ सेवा प्रवाह गर्ने तयारी पनि गरेको छ । यसरी सत्तरीको दशकसम्म आइपुग्दा व्रान्चलेस बैंकिङ हुँदै ट्यावलेट बैंकिङसम्म नेपालका बैंकहरु पुगिसेकका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]