February 12th, 2017

शक्तिशाली बन्दै ग्लोबल आइएमई बैंक : प्यासिफिकलाई गाभेर कारोबार सुरु

ग्लोबल आइएमई बैंकले प्यासिफिक डेभलपमेण्ट बैंकलाई आफुमा गाभेर कारोबार सुरु गरेको छ । प्यासिफिकलाई गाभेको ग्लोबल आइएमई बैंकले आजै (आइतबार)बाट सम्पूर्ण वित्तीय कारोबार ग्लोबल आइएमई बैंकका रुपमा सुरु गरेको हो । नेपाल राष्ट्र बैंकले तोकेअनुसार आठ अर्ब चुक्ता पुँजी पुर्याउने क्रममा ग्लोबल आइएमई बैंकले प्यासिफिक डेभलपमेण्ट बैंकलाई किनेको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको सूचना अनुसार  बैंक सञ्चालक समितिको निर्णयानुसार ग्लोबल आइएमई  बैंकले प्यासिफिक डेभलपमेण्ट बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्व आफूमा सार्ने प्राप्ति (एक्विजिशन) गरेको हो ।

प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्वायर गरेपछि ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी सात अर्ब १५ करोड रुपैयाँ पुर्याएको छ । साथै सो बैंकले ७८ करोड ८५ लाख रुपैयाँ चुक्तापुँजी भएको रिलायबल डेभलपमेन्ट बैंकलाई पनि खरिद गर्दैछ । त्यसपछि बैंकको चुक्तापुँजी आठ अर्ब रुपैयाँ नाघ्नेछ । यसअघि नै बैंकले साविकको कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्सलाई गाभिसकेको छ । रिलायबल फाइनान्स, शुभ लक्ष्मी फाइनान्स, नेपाल कञ्जुरम डेभलपमेण्ट बैंकसँग मर्जर भई रिलायबल डेभलपमेन्ट बैंक बनेकाले यो एक्विजिसन सम्पन्न भएपछि ग्लोबल आईएमई बैंक १० वटा बैंक वित्तीय संस्था मर्जर÷एक्विजिसन भई बनेको पहिलो बैंक हुने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]