February 12th, 2017

राष्ट्रिय सहकारी बैंकको मुनाफा ३५५ प्रतिशतले बढ्यो

राष्ट्रिय सहकारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा नौ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन सय ५५ दशमलब ०५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा राष्ट्रिय सहकारी बैंक दुई करोड १६ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । 

८० करोड ९७ लाख ६९ रुपैयाँ सेयरपुँजी भएको बैंकले निक्षेपमा शून्य दशमलव ५३ प्रतिशतले वृद्धि गरी नौ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले सात अर्ब ७३ करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी ६८ दशमलव ४५ प्रतिशतले बढेर २२ करोड ९४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा १४७ दशमलब ६७ प्रतिशतले वृद्धि भई तीन करोड ३४ लाख रुपैया पुगेको छ । 

निष्कृय कर्जा दुई दशमलव ६६ प्रतिशत रहेको बैंकले यो त्रैमासमा १० करोड छ लाख रुपैयाँ खराबकर्जा उठाएको छ । बैंकले प्रोभिजनमा १४ करोड १७ लाख रुपैयाँ र जगेडाकोषमा ३२ करोड २२ लाख ५५ हजार रुपैयाँ राखेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७९ दशमलव ८५ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]