February 12th, 2017

सगरमाथाभन्दा प्रिमियरको मुनाफा बढी : हेरौँ दुबैको वित्तीय विवरण

निजी क्षेत्रका निर्जिबन बीमा कम्पनीहरु प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको प्रगती विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार, दुबै कम्पनीले राम्रो प्रगति गरेका छन् । 

प्रिमियर इन्स्योरेस कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा सात करोड तीन लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७४ दशमलब ९० प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रिमियरले चार करोड दुई लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

४४ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको आम्दानी ६८ दशमलब ४४ प्रतिशतले बढेर ११ करोड ४२ लाख रुपैयाँ पुगेको छ भने भने खर्च पनि ५९ दशमलब ०१ प्रतिशतले बढेर चार करोड ३८ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीले खुद ३५ करोड ८३ लाख रुपैंया बीमा शुल्क आर्जन रहेको छ भने नौ करोड ६२ लाख रुपैंया बराबरको दाबी भुक्तान गरेको छ.। कम्पनीले दोस्रो त्रैमाससम्ममा ८२ हजार दुई सय २९ वटा बीमालेख जारी गरी एक हजार सात सय ६५ वटा दाबी भुक्तान गरेको जनाएको छ । 

कम्पनीले जगेडाकोषमा सात करोड नौ लाख ६१ रुपैयाँ राखेको छ भने बीमा कोषमा २७ करोड ४२ लाख ३७ हजार रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३१ दशमलब ३८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४५ दशमलब ८९ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ८२ दशमलव २० रुपैयाँ र प्रतिसेयर कुल सम्पतिको मूल्य छ सय ५७ दशमलव ९४ रुपैयाँ रहेको छ ।

यता, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा छ करोड ५६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक सय तीन दशमलव ६८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सगरमाथा इन्स्योरेन्सले तीन करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

५३ करोड ८२ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको आम्दानी एक सय प्रतिशतले बढेर ११ करोड सात लाख रुपैयाँ पुगेको छ भने खर्च ९७ प्रतिशतले बढेर चार करोड ५० लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अबधिमा ३२ करोड ३४ लाख रुपैयाँ बीमाशूल्क आर्जन गरेको छ भने १६ करोड ८ लाख रुपैयाँ बराबरको दाबी भुक्तान गरेको छ । 

कम्पनीले १३ करोड ०८ लाख रुपैयाँ जगेडाकोषमा र बीमा कोषमा ३९ करोड १७ लाख रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ दशमलब २० रुपैयाँ, प्रतिसेयर नेटवर्थ दुई सय २० दशमलव ३२ रुपैयाँ, तरलता अनुपात दुई दशमलब ८९ गुणा र पि.ई. अनुपात ९९ दशमलव ८४ गुणा रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]