April 2nd, 2016

नेपालमा स्वास्थ्य बीमा कार्यक्रम शुरू


????????????????????????????????????????????????????????? नेपालमा स्वास्थ्य बीमा कार्यक्रम शुरू हुने भएको छ । स्वास्थ्य मन्त्रालयले शुरू गर्न लागेको कार्यक्रमको पहिलो चरणका लागि छानिएका तीन जिल्लामध्ये कैलाली जिल्लाबाट कार्यक्रम सञ्चालन गर्न लागिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ । कार्यक्रमअनुसार प्रत्येक परिवारका पाँच जनासम्मले स्वास्थ्य बीमा गराउन सक्नेछन् । पाँच जना सदस्य बराबर २ हजार ५ सय रुपैँया बीमा शुल्क भुक्तानी गरेपछि सो परिवारले ५० हजार रुपैँयासम्मको स्वास्थ्य बीमा प्राप्त गर्नेछन् । अति गरीब वर्गमा परेका नागरिकलाई भने बीमाशुल्क शतप्रतिशत छूट हुनेछ । त्यस्तै, मध्यम गरीब र गरीब वर्गका नागरिकले क्रमशः ७५ र ५० प्रतिशतसम्म छूट पाउनेछन् । सरकारले गरीबी निवारण मन्त्रालयले जारी गरेको परिचयपत्रका आधारमा गरीबीको पहिचान गरी छूट प्रदान गर्नेछ ।

कैलालीमा कार्यक्रम चैत महीनामै शुरू हुने छ । चैत २५ गतेदेखि दर्ता प्रक्रिया सुरु गरिने जनाइएको छ । जेठदेखि स्वास्थ्य सेवा नै सुरु गरिने गरि कार्यक्रम अघि बढाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बीमितको स्वास्थ्य उपचारका लागि मन्त्रालयले स्थानीय स्वास्थ्य संस्था तथा अस्पतालहरूसँग सम्झौता गरिसकेको छ । कोहलपुर हस्पिटल, मेलकुना हस्पिटल, धनगढी हस्पिटल, टीकापुर हस्पिटल तथा चार प्राथमिक स्वास्थ्य केन्द्रसँग सम्झौता गरिएको समितिले बताएको छ । त्यस्तै, कार्यक्रमका लागि कैलाली जिल्लामा १ सय २४ जना स्वयंसेवकसमेत परिचालन गरिएको छ । समितिका अनुसार स्वयंसेवकहरूलाई आवश्यक तालीमसमेत दिइ सकिएको छ ।

सबै नागरिकमा स्वास्थ्यको पहुँच र्पुयाउने उद्देश्यले सरकारले चालू आर्थिक बर्ष २०७२÷७३ को बजेटमा स्वास्थ्य बीमा कार्यक्रम सार्वजनिक गरेको थियो । २०७१ सालमा सरकारले स्वास्थ्य बीमा नीतिअन्तर्गत सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालन गरी स्वास्थ्य बीमालाई अगाडि बढाएको हो । 

कार्यक्रम सञ्चालनका लागि सरकारले नमूना जिल्लाका रूपमा कैलाली, बाग्लुङ र इलामसहित झापा, रौतहट, चितवन, भक्तपुर, म्याग्दी, कास्की, पाल्पा, जाजरकोट, जुम्ला र बैतडीलाई छानिएको छ । नमूना जिल्लाहरूमा कार्यक्रम सञ्चालन गरेपछि अन्य जिल्लामा पनि विस्तार गरिने स्वास्थ्य मन्त्रालयले बताएको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]