February 12th, 2017

दोस्रो त्रैमासमा नेपाल ग्रामीण विकास बैंकको मुनाफा १८ करोड नाघ्यो 

नेपाल ग्रामीण विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १८ करोड तीन लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१ दशमलव ६३ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल ग्रामीण विकास बैंकले ११ करोड ८९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

५५ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले निक्षेपमा २४ दशमलव ४३ प्रतिशतले वृद्धि गरी दुई अर्ब दुई करोड ६९ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले २३ दशमलव ३८ प्रतिशतले वृद्धि गरी सात अर्ब ११ करोड ६३ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ३१ दशमलव ५३ प्रतिशतले बढेर ५० करोड सात लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५२ दशमलव ८२ प्रतिशतले बढेर २४ करोड ३२ लाख रुपैयाँ रहेको छ । 

निष्कृय कर्जा चार दशमलव २९ प्रतिशत र जोखिम युक्त सम्पत्ति छ दशमलव ९९ प्रतिशत रहेको बैंकले प्रोभिजनमा चार करोड २३ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा १९ करोड २३ लाख रुपैयाँ राखेको छ । यो अवधिमा नेपाल ग्रामीण विकास बैंकले तीन करोड ९७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक ६४ दशमलव ७० रुपैयाँ, मुल्य आम्दानीको अनुपात आठ दशमलव २१ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३४ दशमलव ५१ रुपैयाँ र तरलता अनुपात नौ दशमलव ४९ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]