February 11th, 2017

लुम्बिनी जनरल इन्स्योरेन्सले कमायो सात करोड ६८ लाख मुनाफा

निजी क्षेत्रको निर्जीवन बीमा कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्गिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा मुनाफामा १ सय ७२ दशमलब ३७ प्रतिशतले वृद्धि गरेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा लुम्बिनीले २ करोड ८२ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

३९ करोड रुपैयाँ चुक्तापुँजी भएको कम्पनीको आम्दानी १ सय ६५ प्रतिशतले बढेर १२ करोड ३५ लाख रुपैयाँ पुगेको छ भने खर्च १ सय दशमलव ५४ प्रतिशतले बढेर ४ करोड ८९ लाख रुपैया पुगेको छ । कम्पनीले यो अवसधिमा बीमा शुल्कवापत ३६ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ भने ११ करोड ७५ लाख रुपैयाँ बराबरको दाबी भुक्तान गरेको छ । कम्पनीले यो अवधिमा छ करोड ६९ लाख नौ हजार वटा बीमालेख जारी गरेको छ भने १७ लाख चार हजार वटा दाबी भुक्तान गरेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी ३९ दशमलव ४३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३३ दशमलव ३५ गुणा, प्रतिसेयर नेटवर्थ २ सय शुन्य दशमलव १९ रुपैयाँ र प्रतिसेयर कुल सम्पतिको मुल्य ४ सय ५९ दशमलव ३७ रुपैयाँ रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]