February 11th, 2017

सिर्जना फाइनान्सले कमायो पाँच करोड ८० लाख मुनाफा

सिर्जना फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा पाँच करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६ दशमलव १८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सिर्जनाले तीन करोड ४९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

३० करोड रुपैयाँ चुक्ता पूँजी भएको फाइनान्सले निक्षेपमा ७१ दशमलव ३८ प्रतिशतले वृद्धि गरी दुई अर्ब ७३ करोड ७९ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट कर्जामा दुई अर्ब ४३ करोड ५४ लाख रुपैयाँ लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी १५० प्रतिशतले बढेर १२ करोड १२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १०९ प्रतिशतले बढेर नौ करोड १२ लाख रुपैयाँ पुगेको छ । 

एक दशमलव ८८ प्रतिशत निष्कृय कर्जा रहेको फाइनान्सले जगेडकोषमा १० करोड रुपैयाँ राखेको छ । सिर्जना फाईनान्सको प्रतिसेयर आम्दानी वार्षिक ३८ दशमलव ३९ रुपैयाँ, मूल्य आम्दानीको तुलनामा १३ दशमलव ५७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३५ दशमलव ९७ रुपैयाँ र तरलता अनुापत ४७ दशमलव ७८ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]