February 11th, 2017

दुई वाणिज्य बैंकले मागे सयभन्दा बढी कर्मचारी

निजी क्षेत्रका दुई ठूला वाणिज्य बैंकहरुले ठूलो संख्यामा कर्मचारी माग गरेका छन् । एनआईसी एसिया बैंक र सिटिजन्स बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेका हुन् । 

एनआईसी एसिया बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले डेपुटी सीईओ १ जना, सिनियर मेनेजर ५ जना, कम्पनी सेक्रेटरी १ जना, ब्रान्च मेनेजर ४० जना र क्लस्टर कोअर्डिनेटर ५ जना गरी ५२ जना कर्मचारी माग गरेको हो । यीमध्ये, डेपुटी सीईओ, सिनियर मेनेजर र कम्पनी सेक्रेटरीका लागि फागुन ६ गतेभित्रमा एप्लाई गरिसक्नुपर्नेछ भने बाँकी दुई पदका लागि फागुन ११ गतेभित्रमा एप्लाई गर्नुपर्नेछ । 

थप जानकारीका लागि तथा एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
http://www.nicasiabank.com/about-us/current-vacancies

त्यस्तै, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पनि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले केही चार्टर्ड एकाउन्टेन्ट, पाँच जना मेनेजमेन्ट ट्रेनी, २० जना ट्रेनी एसिस्टेन्ट र केही संख्यामा जुनियर गोल्ड टेस्टर माग गरेको हो । ३० वर्ष उमेर ननाघेका नेपाली नागरिकलाई २८ फेब्रुअरी अर्थात फागुन १७ गतेसम्ममा अलाइनबाट एप्लाई गर्न आह्वान गरिएको छ । 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]