February 10th, 2017

राष्ट्रिय वाणिज्य बैंकमा केन्द्रीय महिला प्रशिक्षण, दुई दिनसम्म चल्ने

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल केन्द्रीय महिला विभागले केन्द्रीय महिला प्रशिक्षण लैनचौर स्थित पेशागत महासघ नेपालको भवनमा दुई दिने कार्यक्रम आयोजना गरेको छ ।

नेकपा एमलेकी उपाध्यक्ष एवं सांसद अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यता तथा केन्द्रीय महिला विभागकी संयोजक एवं रावा बैंक कर्मचारी संघ नेपालकी उपाध्यक्ष तोया ढुंगेलको अध्यक्षतामा आयोजित सो कार्यक्रममा शाक्यले नयां सविधानले महिलाहरुको अधिकारको लागि सुनिश्चित गरेको र आगामी दिनमा देशले आर्थिक सामाजीक रुपान्तरण गर्दै देश नयां समृद्धिको बाटोमा अगाडी बढ्नुपर्ने र यस कार्यमा महिलाहरुको भुमिका तथा योगदानलाई समावेश गरेर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताइन् । उनले राष्ट्रिय वाणिज्य बैंक नमुना बैंक भएको र त्यसभित्र कार्यरत महिला कर्मचारीहरु नेपालको पेशागत आन्दोलनमा अगाडी बढ्नुपर्ने विचार ब्यक्त गरिन् । 

सो प्रशिक्षण कार्यक्रममा पेसागत महासघं नेपालका पूर्व महासचिव शिव अधिकारी, बैंक,बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालका अध्यक्ष नारायण प्रसाद सुवेदी, पेसागत महासंघ नेपालका उपाध्यक्ष दीपक सुवेदी, रावा बैक कर्मचारी संघ नेपालका अध्यक्ष बेदबहादुर लावती लगातले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत करिब २ सय ५० जना महिला कर्मचारी सहभागी सो प्रशिक्षण कार्यक्रममा नेकपा एमलेकी उपाध्यक्ष एवं सांसद अष्टलक्ष्मी शाक्य, बैंक,बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालका अध्यक्ष नारायण प्रसाद सुवेदी, पेसागत महासंघ नेपालका उपाध्यक्ष दीपक सुवेदी, पेसागत महासंघ नेपालका उप महासचिव पूर्णा जोशी, रावा बैंकका विभागिय प्रमुख कपिलमणि ज्ञवाली, अधिवक्ता अन्जु कायस्थ, मनोविज्ञान विज्ञ डा.करुणा कुवर लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । नेपालको सविधान महिला अधिकार, ट्रेड यूनियन आन्दोलनमा महिलाहरुको भुमिका, बैंक भित्र ढुंगेलकोयूनियन, बैकमा सुचना प्रविधि र नेतृत्व विषयमा दुई दिनसम्म प्रशिक्षण कार्यक्रममा संचालन हुने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]