February 10th, 2017

निजी क्षेत्रका तीन निर्जिवन बीमा कम्पनीहरु : दोस्रो त्रैमासमा कसले गर्यो कस्तो प्रगती ?

निजी क्षेत्रका निर्जिवन बीमा कम्पनीहरु प्रभु इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको प्रगती विवरण सार्वजनिक गरेका छन् । दुवै कम्पनीले मुनाफामा वृद्धि गरेको विवरण सार्वजनिक गरेका छन् । समग्रमा हेरौँ, कुन कम्पनीको प्रगती कस्तो ?

प्रभु इन्स्योरेन्स लिमिटेड
प्रभु इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड ९२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५५ दशमलव ९१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रभु इन्स्योरेन्सले एक करोड ८७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

३८ करोड ५० लाख रुपैया चुक्ता पुँजी रहेको प्रभु इन्स्योरेन्सको आम्दानी ४५ दशमलव ९८ प्रतिशतले बढेर पाँच करोड २६ लाख रुपैयाँ पुगेको छ भने व्यवस्था तथा खर्चहरु ३५ दशमलव २३ प्रतिशतले बढेर दुई करोड ३३ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा प्रभुले बीमा शूल्कवापत ३७ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ भने २२ करोड १८ लाख रुपैयाँ बराबरको दाबी भुक्तान गरेको छ । कम्पनीबाट अझै १२ करोड ७७ लाख रुपैया बराबरको दाबी भुक्तानी हुन बाँकी रहेको छ । कम्पनीले ३८ हजार नौ सय ७१ वटा बीमा लेख जारी गरेको छ भने सात सय २१ वटा दाबी भुक्तान गरेको छ ।  

इन्स्योरेन्सले जगेडा कोषमा ५ करोड ४० लाख रुपैयाँ र बिमा कोषमा २६ करोड २७ लाख रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १५ दशमलव १७ रुपैयाँ, मुल्य आम्दानी अनुपात एक सय ४४ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ८२ रुपैयाँ र तरलता अनुपात एक दशमलव ८३ प्रतिशत रहेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक् वर्षको दोस्रो त्रैमासमा चार करोड ८० लाख रुपैयाँँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६ दशमलव ६४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रुडेन्सियलले तीन करोड १९ लाख रुपैयाँ  मुनाफा आर्जन गरेको थियो । 

३५ करोड ६४ लाख रुपैयाँ चुक्तापुँजी भएको। प्रुडेन्सियलको आम्दानी २७ दशमलव २७ प्रतिशतले बढेर ७ करोड एक लाख रुपैयाँ पुगेको छ भने खर्च २६ दशमलव ०८ प्रतिशतले बढेर दुई करोड ९७ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अबधिमा बीमा शूल्कवापत १७ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ भने १७ करोड ८४ लाख रुपैयाँ बराबरको दाबी भुक्तान गरेको छ । कम्पनीले यो अवधिमा ५१ हजार चार सय ३० वटा बीमा लेख जारी गरेको छ भने एक हजार छ सय ७७ वटा दाबी भुक्तान गरेको छ । 

कम्पनीले जगेडाकोषमा २० करोड ४० लाख रुपैयाँ र बीमा कोषमा २६ करोड ३७ लाख रुपैयाँ राखेको छ कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २२ दशमलब ६८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ दुई सय ३१ दशमलव २४ रुपैयाँ र मुल्य आम्दानीको अनुपात वार्षिक ५१ दशमलब ७६ गुणा रहेको छ ।

युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड
युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन करोड ९२ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई सय २८ दशमलव ०८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा युनाइटेडले एक करोड १९ लाख ६४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

३० करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको आम्दानी दुई सय नौ दशमलव ०९ प्रतिशतले बढेर छ करोड ८७ लाख रुपैयाँ पुगेको छ भने खर्च एक सय ७१ दशमलव ६० प्रतिशतले बढेर दुई करोड ९४ लाख रुपैयाँ पुगेको छ । कम्पनीले बीमा शुल्कवापत १९ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको छ भने पाँच करोड ५७ लाख रुपैयाँ बराबरको दाबी भुक्तान गरेको छ । यस अवधिमा ३३ हजार ८८ वटा बीमालेख जारी गरेको कम्पनीले आठ सय ४८ वटा दाबी भुक्तान गरेको छ । 

कम्पनीले जगेडाकोषमा २२ करोड ४८ लाख रुपैयाँ र बीमा कोषमा १६ करोड १५ लाख रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ दशमलव ९८ प्रतिशत, मुल्य आम्दानीको अनुपात ८७ दशमलव ४४ प्रतिशत, प्रतिसेयर नेटवर्थ दुई सय ३२ दशमलव ७४ प्रतिशत र तरलता अनुपात तीन दशमलव ८१ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]