February 10th, 2017

प्रोफेशनल दियालो विकास बैंकको मुनाफा ५०.८७ प्रतिशतले बढ्यो

प्रोफेशनल दियालो विकास बैक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ९३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५० दशमलव ८७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रोफेसनल दियालोले एक करोड २८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

२४ करोड तीन लाख ५० हजार चुक्ता पुँजी भएको बैंकको सञ्चालन मुनाफा पनि ५० दशमलव ७५ प्रतिशतले बढेर तीन करोड तीन लाख रुपैयाँ पुगेको छ भने खुद व्याज आम्दानी ५३ दशमलव ६७ प्रतिशतले बढेर पाँच करोड ५३ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकले निक्षेपमा छ दशमलव ३३ प्रतिशतले वृद्धि गरि एक अर्ब ८९ करोड रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले एक अर्ब ६९ करोड रुपैयाँ प्रवाह गरेको छ । 

निष्कृर्य कर्जा शून्य दशमलव ८६ प्रतिशत रहेको बैंकले प्रोभिजनमा ३१ लाख रुपैयाँ राखेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]