February 10th, 2017

नागबेली लघुवित्तको मुनाफामा झिनो वृद्धि, छ महिनामा कमायो एक करोड ६३ लाख मुनाफा 

नागबेली लघुवित्त विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच ८८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो छ महिनामा नागबेलीले एक करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

चार करोड रुपैयाँ चुक्तपुँजी भएको बैंकले निक्षेपमा ५७ दशमलव ७४ प्रतिशतले बृद्धि गरी १३ करोड ८५ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले ५५ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ । जसअनुसार, बैंकको कर्जानिक्षेप अनुपात चार सय एक दबमलव ९० प्रतिशत रहेको छ । 

बैंकको खुद ब्याज आम्दानी ४८ दशमलव ०४ प्रतिशतले बढेर तीन करोड ७९ लाख रुपैया पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा पाँच दशमलव ८८ प्रतिशतले बढेर दुई करोड ५६ लाख रुपैयाँ पुगेको छ ।

यो त्रैमासमा खराबकर्जा नउठाएको बैंकले प्रोभिजन भने बढाएर ५० लाख ३२ हजार रुपैयाँ पुर्याएको छ । बैंकको निष्कृय कर्जा दुई दशमलव ३२ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १४ दशमलव ७३ प्रतिशत रहेको छ । त्यस्तै, नागबेली लघुवित्तको बार्षिक प्रतिसेयर आम्दानी ४० रुपैयाँ ८० पैसा, प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ १८ पैसा र मुल्य आम्दानी अनुपात ५१ दशमलव ९६ गुणा रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]