February 8th, 2017

जोशी हाइड्रोपावरको आईपीओले पायो ग्रेड फाइभ रेटिङ

जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले जारी गर्न लागेको साधारण सेयरलाई इक्रा नेपालले ग्रेड फाइभ रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको आधारभूत पक्ष कमजोर रहेको संकेत गर्दछ ।

कम्पनीले तीन लाख ७१ हजार चार सय कित्ता साधारण सेयर (आईपिओ) निष्काशन गर्दैछ । इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीले आयोजना प्रभावितका लागि सो अनुपातमा सेयर निष्काशन गर्ने अनुमति माग गर्दै गत पुस १२ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]