February 8th, 2017

सहयोगी विकास बैंकको मुनाफा २४० प्रतिशतले बढ्यो

सहयोगी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पाँच करोड ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई सय ४० दशमलव ३८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सहयोगीले एक करोड ५५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

३१ करोड ४६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले बैंकले निक्षेपमा ३४ दशमलव ६७ प्रतिशतले वृद्धि गरी दुई अर्ब ८३ करोड ९३ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले दुई अर्ब ८३ करोड ९३ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी एक सय ९५ दशमलव ५५ प्रतिशतले बढेर ११ करोड ३५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा एक सय ८८ दशमलव ४६ प्रतिशतले बढेर सात करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

जोखिमयुक्त सम्पति १३ दशमलव ५१ प्रतिशत र निष्कृय कर्र्जा शुन्य दशमलव ७५ प्रतिशत बैंकले प्रोभिजनमा २ करोड ४३ लाख रुपैयाँ छुटाएको छ भने जगेडाकोषमा १३ करोड १६ लाख रुपैयाँ राखेको छ । यो अवधिमा सहयोगीले एक करोड २४ लाख रुपैयाँ खराबकर्जा उठाएको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक ३५ दशमलव ९८ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात १० दशमलव १५ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ४१ दशमलव ८५ रुपैयाँ र तरलता अनुपात २६ प्रतिशत रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]