February 7th, 2017

हिमालयन जेनेरल इन्स्योरेन्सको मुनाफा चार करोड नाघ्यो

हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चार करोड तीन लाख रुपैंया खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ४६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा हिमालयनले तीन करोड ४३ लाख रुपैंया नाफा कमाएको थियो । 

यो अवधिमा कम्पनीले चुक्तापुँजी २६ करोड ७५ लाख रुपैयाँबाट बढाएर ३८ करोड ५२ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीको जगेडाकोष भने झन्डै आधा घटेको छ । यो अवधिमा कम्पनीको जगेडा कोष १३ करोड ४१ लाख रुपैंयाबाट घटेर सात करोड ४८ लाख रुपैंयामा खुम्चिएको छ ।

समिक्षा अवधिमा खुद बीमाशुल्क रकम ११ करोड ३३ लाखबाट १५ करोड १९ लाख रुपैंया पुर्याएको कम्पनीको पुनर्बीमा कमिशन आय पनि तीन करोड ६२ लाखबाट पाँच करोड १० लाख रुपैंया पुगेको छ । पाँच करोड ८९ लाख रुपैंयाको बीमा दाबी भुक्तानी गरेको कम्पनीले पाँच अर्ब ४४ करोड ४१ लाख रुपैंयाको बीमा दाबी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६८ पैसाबाट २० रुपैयाँ ९५ पैसामा झरेको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]