February 5th, 2017

एनबी इन्स्योरेन्सको मुनाफा डेढ सय प्रतिशतले बढ्यो

एनबी इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा तीन करोड १२ लाख १० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको साही अवधिको तुलनामा खुद मुनाफामा डेढ सय प्रतिशतभन्दा बढीले सुधार गरेको हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा एनबी इन्स्योरेन्सले एक करोड ३१ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

यो अवधिमा इन्स्योरेन्सले चुक्ता पूँजी पनि २४ करोड ४९ लाख रुपैयाँबाट बढाएर २७ करोड रुपैयाँ पुर्याएको छ भने जगेडा कोषलाई छ करोड सात लाख ५६ हजार रुपैयाँबाट बढाएर नौ करोड ३५ लाख ४० हजार रुपैयाँ पुर्याएको छ । कम्पनीको बीमा कोष छ करोड ७५ लाख २१ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा १४ करोड ७३ लाख ९४ हजार रुपैया खुद बीमा शुल्क आर्जन गरेको इन्स्योरेन्सले दुई करोड सात लाख दुई हजार रुपैयाको बीमा दाबी भुक्तानी गरेको छ । नौ करोड २० लाख ८० हजार रुपैंया बीमा दाबी भुक्तानी गर्न बाँकी रहेको इन्स्योरेन्सको अभिकर्ता कमिशन र व्यवस्थापन खर्च पनि उल्लेख्य मात्रामा बढेको पाइएको छ ।

इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २३ रुपैंया १२ पैसा छ भने प्रतिसेयर नेटवर्थ एक सय छ रुपैंया ६७ पैसा तथा मूल्य आम्दानी अनुपात ४३ दशमलव ५५ गुणा बढी रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]