March 31st, 2016

अन्तर्राष्ट्रिय सम्मेलनमा वित्तिय प्राथमिकता, गभर्नर डा.नेपालको सम्बोधन

fffffffffनेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालमा लगानीको वातावरण बनेको उल्लेख गर्दै विश्व लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । युनेक्याप र दक्षिण कोरियाली सरकारद्धारा आयोजित एसिया प्रशान्त क्षेत्रको वित्तिय विकाससम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि गभर्नर डा।नेपालले नेपालको वित्तिय क्षेत्रको समग्र अवस्थाबारे पनि जानकारी गराएका छन् । सम्मेलनमा विभिन्न अन्तर्राष्ट्रिय समुदायसँग दुइपक्षिय भेटवार्तामा उनले नेपाल लगानीका लागि ‘भर्जिन’ क्षेत्र भएको बताए । नेपाली बैंकिङ क्षेत्र अन्तर्राष्ट्रिय प्रविधिबाटै अघि बढेको सम्बन्धमा पनि डा। नेपालले जानकारी गराए । डा।नेपालले भूकम्पपछि नेपालको पुनःनिर्माण कार्य सुरु भएको बारे पनि अन्तर्राष्ट्रिय निकायलाई जानकारी गराएका छन् । सम्मेलनमा सम्बोधन गर्दै  गभर्नर डा. नेपालले नेपालमा वित्तीय समावेशीकरणको वर्तमान अवस्था, यस सम्बन्धमा विगतमा तथा हाल लिइएका नीति तथा कार्यक्रमहरु, वित्तीय समावेशीकरणका सन्दर्भमा नेपालका प्राथमिकता एवं चुनौतीहरुका बारेमा प्रकाश पारेका छन् । सहभागिहरुबाट सोधिएको जिज्ञासालाई सम्बोधन गर्ने क्रममा उनले वित्तीय समावेशीकरणको विकास समग्र आर्थिक विकासको स्तरले पनि निर्धारण गर्ने कुरा भएको भन्दै विश्वको वित्तिय विकास अर्थतन्त्रको परिचालनमा भर पर्ने बताए । उनले नेपालको वित्तिय अबस्था अन्तराष्ट्रिय परिभेषसँग प्रतिश्प्रर्धि रहेको प्रष्ट पारे । बुधबार र विहीबार दुइदिनसम्म सम्मेलन संचालन भएको थियो । सम्मेलनमा सहभागी हुन सोमबार दक्षिण कोरिया प्रस्थान गरेका गभर्नर नेपाल शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । दक्षिण कोरियाको इन्चेनमा मार्च ३० र ३१ तारिखमा भएको दुई दिने सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रको आर्थिक विकासका बारेमा छलफल भएको थियो । ‘युनेस्क्याप÷मिनिस्टरी अफ फोरइन, रिपब्लिक अफ कोरिया’को आयोजनामा भएको कार्यक्रममा विभिन्न देशका १ सय ५० बढी प्रतिनीधिको सहभागिता थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]