February 2nd, 2017

राष्ट्र बैंकले ३६६ दिने मुद्दति निक्षेपको रुपमा बैंकहरुलाई सवा एक अर्ब उपलब्ध गराउने

नेपाल राष्ट्र बैंकले सवा एक अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव अघि सारेको छ । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषहरुमा रहेको एक अर्ब २६ करोड ३७ लाख ९१ हजार रुपैयाँ लगानी गर्नुपरेको जानकारी दिँदै रकम चाहने क वर्गका बैंकहरुलाई माघ २३ गतेभित्रमा शिलबन्दी दरभाउपत्र फारम बुझाउन आह्वान गरेको छ । राष्ट्र बैंकले आगामी फागुन १ गतेदेखि ०७४ माघ २९ गतेसम्म अर्थात कुल ३६६ दिनको लागि मुद्दति निक्षेपको रुपमा सो रकम उपलब्ध गराउन लागेको हो । निम्न शर्तहरु पूरा गरेका क वर्गका बैंकले आफूले लिन चाहेको रकम तथा सो रकमका लागि तोकिएको व्याजदरसहित फारम भरी आगामी आइतबार अपरान्ह ३ बजेभित्रमा बुझाइसक्नुपर्नेछ । 


थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://nrb.org.np/fmd/inv_notices/Investment_Notice_2073.10.19.pdf 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]