January 31st, 2017

९३ प्रतिशत भुकम्पपीडितले पाए पहिलो किस्ताको अनुदान

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दिइने अनुदानअन्तर्गत ९३ प्रतिशतलाई पहिलो किस्ताको अनुदान उपलब्ध गराएको छ । प्राधिकरणले भूकम्पबाट अति प्रभावित १४ जिल्लामा निजी घरको पुनःनिर्माणका लागि ९३ प्रतिशत घरधनीलाई पहिलो किस्ताको अनुदान रकम उपलब्ध गराएको हो ।

प्राधिकरणले पुनःनिर्माणका लागि अनुदान सम्झौता गरेका पाँचलाख ५० हजार २४१ घरधनीमध्ये आजसम्ममा पाँच लाख १० हजार एक सय ३० जनालाई पहिलो किस्ताको  ५० हजार रुपैयाँ वितरण गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।

सिन्धुपाल्चोकका ७४ हजार ९१२, ओखलढुङ्गाका १८ हजार ३०१, नुवाकोटका ६० हजार ४७४, रामेछापका ३९ हजार ७५९, दोलखाका ४७ हजार ७९, गोरखाका ५२ हजार ६७५, काभ्रेपलाञ्चोकका ५९ हजार ७५१, रसुवाका आठ हजार ८४८, सिन्धुलीका २६ हजार १६२, धादिङका ५२ हजार ९१७ र मकवानपुरका १९ हजार ९ घरपरिवारलाई पहिलो किस्ताको अनुदान प्राप्त गरेका छन् ।

काठमाडौँ, भक्तपुर र ललितपुरमा भने अनुदान सम्झौता गरेका ७१ हजार ६८३ मध्ये ५० हजार २४३ ले पहिलो किस्ता पाएको प्रवक्ता भुसालले बताए । यस्तै पहिलो किस्ता अनुदान पाएर मापदण्ड अनुुसार घरको जग निर्माण गरेका ७२० घरधनीले दोस्रो किस्ताबापतको  एक लाख ५० हजार रुपैयाँ प्राप्त गरिसकेका छन् । रासस
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]